काठमाडौं/२९ मंसिर– प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले एसएलसी तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा रजिष्ट्रेशन फारम भर्न सूचना जारी गरेको छ ।
सीटीईभीटीले पुस १६ गतेभित्र नियमित शुल्कमा र माघ २ गतेभित्र विलम्ब शुल्कमा भर्न पाउने जनाएको छ ।