काठमाडौ/ ११ माघ- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यलयले अंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि(बिएससी. सीएसआईटी) विषय अध्ययनका लागि भर्ना खुलाएको छ ।
साथै इच्छुक विद्यार्थीहरुले २०७७ को लागि प्रवेश परीक्षामा सहभागि हुनु पर्ने त्रिविले जनाएको छ । प्रवेश परीक्षाकालागि त्रिविबाट सम्बन्धन प्राप्त कलेज तथा अंगिक क्याम्पस बाट रु १५०० तिरी आवेदन फारम भर्न सकिने छ ।
फारम एक ठाउँबाट भरि सकेपछि अरुबाट भर्न नपर्ने र एउटै फारम सबै त्रिविका कलेजमा मान्य हुने जनाएको छ । प्रवेश परीक्षा फागुन २४ गते हुने छ ।



