काठमाडौ/ १२ माघ – कोभिड -१९ माहामरीका कारण विश्वविद्यालयहरूको शैक्षिक सत्रको कार्यतालिकामा प्रभाव परे पछि ०७७/७८ शैक्षिक सत्रको तालिका मिलाउन कक्षा १२ को नतिजा प्रकाशित नहुँदै विश्वविद्यालयहरूले धमा धम भर्ना प्रकृया खुला गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले विज्ञान प्रविधि संस्थान ,मानविकी तथा सामाजशास्त्र संकाय,व्यावस्थापन संकाय र शिक्षा संकाय अन्र्तगतको वार्षिक प्रणाली अनुसार नयाँ भर्नाको लागि खुला गरेको छ ।
शैक्षिक वर्ष २०७७/७८ को लागि स्नातक तह प्रथम वर्षको नयाँ भर्नाको लागि तालिका प्रकाशित गरेको छ । साथै माघ १२ गते देखि फारम वितरण गरीने र फागुन १२ गते भित्र विद्यार्थीले फारम वुझउन तथा भर्ना भईसक्नु पर्ने छ । त्यसै गरी फागुन २५ गते देखि कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । वार्षिक प्रणालीका कार्यक्रममा प्रवेश परीक्षा तोकिएको छैन ।
इन्जिनियरिङलगायतका अध्ययन संस्थान तथा सेमेस्टर प्रणालीमा सञ्चालन भएका डिन कार्यालयले फारम वितरण गरी प्रवेश परीक्षा समेत गर्दै छन् । १४ माघमा इन्जिनियरिङको प्रवेश परीक्षा लिँदै छ । सिम्याटलगायतको परीक्षासमेत निर्धारण गरिएको छ ।
चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि(बिएससी. सीएसआईटी) विषय अध्ययनका लागि भर्ना पनि खुलाएको छ । प्रवेश परीक्षा फागुन २४ गते हुने गरी भर्ना प्रकृया सुरु गरेको छ ।
त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयले कला कानुन तथा शिक्षाशास्त्र संकाय,विज्ञान तथा प्रविधि संकाय र व्यावस्थापन संकाय अन्र्तगत का आंगिक एंव सम्बन्धन प्राप्त क्याम्पसहरुमा सेमेष्टर प्रणाली र वार्षिक प्रणाली अन्र्तगत स्नातक तह प्रथम सेमेष्टर र प्रथम वर्षमा भर्ना खोलेको छ । साथै प्रवेश परीक्षा र अन्यजानकारी पछी गरीने भन्दै कक्षा १२ को नतिजा पर्खाइमा रहेका विद्यार्थीहरुका लागि आवेदन खुला गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्नातक तहको इन्जिनियरिड्,विज्ञान तथा प्रविधि संकायमा नयाँ भर्नाको लागि खुला गरेको छ । पौष २९ गते सम्म प्रवेश परीक्षा आवेदन फारम भर्नु पर्ने र माघ ५ र १२ गतलाई प्रवेश परीक्षाको मिति तय गरे पनि कक्षा १२ को नतिजा प्रकाशित नभएका कारण प्रवेश परीक्षा आवेदन फारम भर्ने समय परीवर्तन गरेको छ । कक्षा १२ को नतिजा प्रकाशित भएको मितिले १५ दिन सम्म आवेदन फारम भर्ने समय राखेको छ ।
त्यस्तै पोखरा विश्वविद्यालयको इन्जिनियरिड्ढ संकाय र व्यावस्थापन संकायमा भर्ना प्रकृया सुरु गरी सकेको छ ।
यता कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई अझै केही दिन लाग्ने भएको छ । माघ १० गते भित्र नतिजा प्रकाशन गर्ने भनिए पनि टेबुलेशनको काम नसकिएकोले अझै केही दिन लाग्ने भएको हो ।
सकेसम्म छिटो काम सक्ने र नतिजा प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोड रहेको छ । विद्यालयले पठाएको प्राप्तांक व्यावस्थित तरीकाले नपठाएको र राष्ट्रिय परीक्षा बोर्डको ढाँचामा नभएकोले यसलाई मिलाउन समय लागेका कारणले नतिजा प्रकाशनमा ढिलाभएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय सहभागी परीक्षार्थीहरु नतिजाको पखाईमा रहेका छन् ।



