काठमाडौं/१३ भदौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएससी सीएसआईटी) विषयको २०८१ को प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बिएससी सिएसआईटीमा नयाँ भर्नाका लागि भदौं १५ गते लिइने प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ पद्धतीमा चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएससी सीएसआईटी) विषय प्रवेश परीक्षाका लागि देशभरका १५ स्थानमा रहेका कलेजहरुलाई तोकिएको छ ।




