तुलसीपुर उपमहानगर र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच सहमती,यो वर्ष कानुन र अर्को वर्ष इन्जियिरिङ्ग पढाइने

बुटवल /२० पुस – विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयका विच सहमती भएको छ ।

स्थानीय तहले विश्वविद्यालयसँग सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालेको यो पहिलो सहकार्य हो । नगरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको हो ।

विश्वविद्यालयका उपकुलपति डां ह्रदयरत्न वज्राचार्य र नगरप्रमुख घनश्याम पाण्डेका विचमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा उल्लेख भए बमोजिम यो वर्षबाट तुलसीपुरमा कानुन विषयमा स्नातक तहको कक्षा सञ्चालन हुने भएको छ ।

यो भन्दा अगाडी उक्त विषयको अध्ययन गर्नका लागि काठमाडौ या बुटवल जानुपर्ने वाध्यता रहेको थियो । ‘पहिलो चरणमा कानुन विषयको अध्यापन सुरुवात गरेका छौ अर्को वर्षबाट इन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन गर्ने हो ’ नगरप्रमुख पाण्डेले भने ।

विश्वविद्यालय र उपमहानगरपालिका विच बुद्ध दर्शन, शिक्षा, कला, संस्कृति, पुरातत्व, इतिहास, इन्जिनियरिङ्ग आदि बिषयमा अध्ययन, अनुसन्धान, एवम् प्रबर्धन कार्यको लागि एकले अर्कासंग सहकार्र्य गर्ने समझदारी गरिएको छ ।

उपमहानगरपालिकाले विश्वविद्यालयले सञ्चालन गरेको सबै कार्यक्रमहरु तुलसीपुर मेट्रो कलेज मार्फत सञ्चालन गर्न पाउने भएको छ । सबै कार्यक्रमका लागि उपमहानगरपालिका आफैले नै आर्थिक व्यवस्थापन भने गर्नु पर्ने छ ।

नगरप्रमुख पाण्डेले सामान्य जनताका सन्तानहरुले आफ्नै घर आँगनमा रोजाईको विषय पढ्न पाउन भनेर कलेज सञ्चालन गरिएको वताए । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा समेत विकास गर्न लागिएको कुरामा जोड दिए ।

त्यसै गरी विश्वविद्यालयका उपकुलपती वज्राचार्यले स्थानीय तहसँग पहिलो पटक सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको वताए । उनले तुलसीपुर मेट्रो कलेजले कार्यक्रमलाई प्रभावकारी ढँगले सञ्चालन गर्नेमा आफु विश्वस्त रहेको समेत वताए ।