काठमाडौं /२० पुस – कोभिड रोकथाम सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमणको प्रभाव न्यून हुंदै गईरहेकाले यस अघि सञ्चालन नभएका केही अत्यावश्यक सेवाहरु खोल्ने बारे छलफल गरेको छ ।
तर अहिले सम्म शैक्षिक संस्थाको हकमा कुनै पनि छलफल र निर्णय नभएको जनाएको छ । विद्यालय लगायत शैक्षिक संस्थाहरु खोल्ने वा नखोल्ने भन्ने बारे छलफलनै नभएको र शिक्षा मन्त्रालयबाट पनि कुनै प्रस्ताव नआएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खबर एजुकेशनलाई बताउनु भयो ।
विभिन्न मिडिया मार्फत् सार्वजनिक भएको विद्यालय लगायत सबै सेवा खोल्ने भन्ने निर्णय भएको भन्ने समाचार सत्य नभएको साथै केहि सेवाहरु मात्र सञ्चालन गर्ने भन्ने बारे छलफल मात्र भएकोे गुरागाईंले जानकारी दिनु भयो ।
साथै एक दुई दिनमा कुन कुन सेवाका क्षेत्रहरु खोल्ने भन्ने बारे भने निर्णय हुने गुरागाईंले जानकारी दिनु भएको छ । उप–प्रधानमन्त्री, गृहमन्त्री, संघिय मामिला मन्त्री, भौतिक योजना मन्त्रीको उपस्थीतिमा छलफल भएको थियो ।



