काठमाडौं /२० पुस – सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धि रिटको सामान्य सुनुवाई आज गरे पनि पूर्ण सुनुवाइको लागि पुस २७ गतेलाई पेसी चढाएको छ ।
धेरै पटक पेसी सारीए पनि रीटको पछिल्लो सुनुवाइ गर्ने दिन आजलाई तोकीएको थियो । सोही अनुरुप, सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धि सुनुवाई गरे पनि पूर्ण सुनुवाई भने आज हुन नसकेको स्रोतले जानकारी दिएको छ ।
नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै सर्वोच्च अदालतमा हालिएको रिटकोे प्रारम्भिक सुनुवाई गर्दे गत कार्तिक २० गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
रिटको समयमै सुनुवाई नहुँदा विभिन्न निजी, सरकारी तथा सामुदायिक संघ–संस्थाहरु अन्योलमा परेका छन ।



