लघुकथा – माननिय

हरिचन्द्र ढकाल

कोहलपुर, बाँके ,हाल: धनकुटा

‘वहाँ यस क्षेत्रको माननिय ज्यू ‘माननियका सहयोगीले युवकलाई माननिय तिर देखाउदै भने । नमस्कार सर ! म सुर्दशन “ग्रामिण बिकाश” बिषयमा बिद्धाबारधी गरेर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने लागेर अमेरिका त्यागेर यहा आएको हु । आफ्नो लक्ष्य सहितको परिचय दिए सुर्दशनले । ‘यो त गर्बको कुरा हो , तपाई जस्ता युवाको खाचो छ यो देशमा । अब देशको जिम्बेवारी नै तपाईहरु जस्ताको हातमा हुनुपर्छ । माननियले कृतिम हासो हास्दै सुर्दशनलाई भने । ‘म मेरो सम्पुर्ण ज्ञान,सिप,सामर्थ यही ठाँउको लागी प्रयोग गर्दछु सर । हजुरहरुको सहयोगको अपेक्षा गर्दछु । सुर्दशनले निर्धक्कसँग कुरा राखे ।

माननियका सहयोगीले सुर्दशनका सम्पुर्ण बिवरणहरु नोट गर्दै केही दिनपछि भेट्ने गरी बिदा दिए । सुर्दशन, जो सानै उमेरमा आमाबाबुसँग अमेरिका भाषिएको थियो । आफ्नो गाँउघर,उकालीओराली भनेपछि हुरुक्क हुने बानीको कारणले नै होला उसले नेपाल फर्केर काम गर्ने रहर सानैबाट पालेर राखेको थियो । ग्रामिण बिकाश संम्वन्धि बिषयमा उत्कृष्ट नतिजाका साथ बिद्धाबारधी उतिर्ण गरेपछि बाबुआमाको ईच्छाँ बिपरित पनि आफ्नै देशमा काम गर्ने हेतुले नेपाल आएको थियो । उ आफ्नै कार्यालय स्थापना गरेर कार्य गर्न चाहन्छ । नेपालको कानुनी प्रकृया बुझेपछि आफ्नै क्षेत्रको माननियबाट सिफारिस भए तुरुन्त कार्य गर्न सकिने कुरा समेत उनले बुझे । ‘तपाई त अमेरिका बाट आउनु भएको डलर त टन्नै बोकेर आउनु भएको होला ? पटक पटक माननियका सहयोगीलाई भेट्दा सहयोगीले गर्ने प्रश्न एउटै हुन्थ्यो । ‘अ अलि अलि ,काम संचालन भएपछि केही साथीहरुपनि आउछन । उनले सहजै भन्थे । ‘माननिय ज्यू पाँच बर्ष सम्मकालागी मात्र हो ,वहाँको लगानी यस क्षेत्रमा धेरै छ ,यसो हेर्नु पर्ला है ? सहयोगीले मुखै फोरेर प्रस्ताब राखे ।

‘माननिय ज्यू त जनताको सेवा र सहयोगका लागी हैन र ? म त निश्वार्थ रुपमा यस ठाँउको सेवा र बिकाश गर्न चाहन्छु । मैले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई प्रमुख आधार बनाएर कार्य गर्ने सोचमा छु ,मैले यसै क्षेत्रका जनताको भलाईको लागी कार्य गर्ने हो तर तपाईहरुबाट सहयोग प्राप्त गर्न गार्हो किन ? म बुझ्न सकिन ‘ पटक पटक माननियलाई भेट्न खोज्दा नभेटाएपछि सुर्दशनलाई रिस पनि उठ्यो । पि.ए.ले कोही दिनपछी भेटाईदिने वाचा सहित विदा भयो ।

‘आज भेट्न सकिन्छ त पि.ए.ज्यू ? माननियको निजी कार्यालयमै पुगेर सुर्दशनले भने । ‘माननिय ज्यू को एक हप्ताकोलागी जनप्रिय कार्यक्रम तालिका तयार भईसकेको रहेछ । तपाईको सबै कुराहरुमा कानुनी प्रकृया पनि बुझेर बिस्तृत अध्यायन पछि मात्र समय उपलब्ध हुने भयो । पि.ए.ले निसंन्कोच भन्यो । ‘ कस्ता कस्ता जनप्रिय कार्यक्रम छन ? हामीले बुझ्न सकिन्छ कि ?सुर्दशन कडकिए । ‘पिङ उदघाटन,मन्दिरको सिलन्यास, तरकारीावारी अवलोकन, खानेपानीको धारा उदघाटन, कुखुरा व्यवसायीसँग चियापान, धानको खल्यान उदघाटन, जन्मोत्सवमा सरिक, विवाह भोजमा उपस्थित ‘ पि.ए.ले एक हप्ताको तालिका सर्सती सुनायो । सुर्दशन मौन बसे ।

नेपालका माननिय साच्चै जनताको सेवामै अहोरात्र खटिने रहेछन भन्ने ज्ञात भयो उनलाई । नेपाल अबिकशित हुनुको कारण पत्ता लगाउन उनलाई कत्ति बेर लागेन । सदियौ देखि चलेको चलन आफुले तोडन नहुने निष्कर्ष निकाल्दै आउदो महिनाको दश तारिकको अमेरिका फर्कने टिकट लिएर सुर्दशन आफु बस्ने घरमा फर्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *