काठमाडौ /१७ कार्तिक – पठ्यक्रम विकास केन्द्रले कक्षा १,२ र ३ को कक्षागत गीत परीवर्तन गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ ले प्रस्ताब गरेको आधारभूत तह कक्षा १–३ को नयाँ पाठ्यक्रमअनुसार कक्षागत गीत परीवर्तन गर्ने भएको हो ।
साथै नयाँ पाठ्यक्रमअनुसार विकास भएका पाठ्यपुस्तकमा रहने कक्षागत गीत लेख्न चाहानेले पठ्यक्रम विकास केन्द्रको सर्तमा रही कक्षा गत गीत लेखेर २१ दिनभित्र पेस गर्न भनिएको छ ।




