काठमाडौं/१० भदौ – सरकारले निजी मेडिकल कलेजहरुलाई पीसीआर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिइएको छ ।सरकारले अनुमति दिएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।
निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड-१९ का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । निजी प्रयोगशालालाई कोभिड -१९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्नेछ ।