मतदान केन्द्र परेका विद्यालय बुधबारदेखि बन्द

काठमाडौं/१२ मंसिर–मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्ये नजर गरी मतदान केन्द्र परेका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् ।
निर्वाचन आयोगले आँउदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो । आयोगका अनुसार मतदान केन्द्र नपरेका विद्यालय भने नियमित रुपमा सञ्चालन हुनेछ ।
आयोगले बुधबारदेखि नै निर्वाचन आयोगका कर्मचारीलाई मतदान केन्द्रमा पठाएको छ । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।