कुन मेडिकल कलेजमा एमबिबिएस र बिडिएसका लागि कति सिट ?


काठमाडौं/१२ मंसिर– नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको सिट संद्यया निर्धारण गरेको छ ।
काउन्सिले नयाँ शैक्षिक शत्र २०७६/०७७ लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट संख्या निर्धारण गरेको छ । काउन्सिले कात्तिक ३ गते सिट संख्या निर्धारण गरेको हो ।

कलेजको नाम एमबिबिएस बिडिएस
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  100 500
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 65  
काठमाडौँ स्कूल अफ मेडिसिन, धुलिखेल 85 50
नोबेल मेडिकल कलेज  100 35
विराट मेडिकल कलेज  75  
काठमाडौँ मेडिकल कलेज 100 50
नेपाल मेडिकल कलेज 100 50
कलेज अफ मेडिकल साइन्सेस 100 50
लुम्बिनी मेडिकल कलेज  100  
नेपालगञ्ज मेडिकल कलेज 100  
 मनिपाल मेडिकल कलेज 100  
 देवदह मेडिकल कलेज  50  
कान्तिपुर डेन्टल कलेजल   50