परीक्षा आवेदन सम्बन्धी सूचना

काठमाडौं/१० मंसिर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
सीटीईभीटीका अनुसार नियमित शुल्कमा मंसिर ३० गतेसम्म र बिलम्ब शुल्कमा पुुस १५ गतेसम्म फारम भर्न सकिनेछ ।