चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप सम्पन्न

काठमाडौं/१० मंसिर–पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलले आयोजना गरेको चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुुटबल प्रतियोगितामा साेमबार सम्पन्न भएको छ ।
ज्ञानेश्वरमा रहेको सानो गौचरण फुटबल मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा नोबेल एकेडेमीलाई हराउँदै पिस प्वाइन्ट स्कुल प्रथम भएको हो । यसैगरी, नोबेल एकेडेमी दोस्रो भएको छ भने जगत मन्दिर तेस्रो भएको छ । मंसिर १ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा छात्रतर्फ २२ वटा टिमको सहभागिता रहेको थियो । प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।


यसैगरी,छात्रातर्फ १२ वटा टिमलाई पछि पार्दै ईपीएस स्कुल प्रथम भएको छ भने सनसाइन र भेसन स्कुल क्रमशः दोस्रो र तेस्रो भएका छन् । छात्रातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।


विद्यालयकी प्रधानाध्यापक इशुु गुुरुङले खेलकूदका माध्यमबाट विद्यार्थीहरुको चौतर्फी विकास गराउन प्रतियोगिता आयोजना गरेको बताइन् । प्रतियोगिताले विद्यालयस्तरबाट राष्ट्रिय खेलाडी बन्न सहयोग पुुग्ने उनको भनाई छ ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पा, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।