शिक्षकलाई कमजोरी देखाउने भन्दा पनि तालिमको अभाव छ

काठमाडौँ /१२ असोज – महिला शिक्षक समाज तथा नीलवाराही माविकी प्रधानाध्यापक डा.जानुका नेपालले नैतिक शिक्षाका सन्दर्भमा बोल्दै समस्या विद्यार्थीमा मात्रै नभएर शिक्षक र अभिभावकमा पनि रहेको बताएकी छन् ।


सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकहरूमा जीविकोपार्जन गर्न समेत समस्या हुने गरेको उल्लेख गर्दै यसले विद्यार्थीलाई नैतिक शिक्षा दिन झन चुनौती रहेकोले यता तिर पनि ध्यान दिन आवश्यक भएको विचार व्यक्त गरिन् ।


नैतिक शिक्षालाई पाठ्यक्रममा नराखी घरदेखि विद्यालय, कक्षाकोठा र हरेक विषयसँग जोड्न सके त्यसैले पुग्ने उनको भनाई छ । शिक्षकले कक्षाकोठामा पाठ सक्ने भन्दा पनि सिकाउन जरुरी रहेको र त्यसका लागी शिक्षकलाई तालिमको व्यवस्था गर्न आवश्यक रहेको बताइन ।


नेपालले पाठ्यक्रम र पाठ्यपुस्तकको कुरा कक्षाकोठामा डेलिभर गर्न कमजोरी भईरहेको उल्लेख गर्दै शिक्षकलाई तालिम नै नपुगेको बताइन । शिक्षकमा कमजोरी भन्दा पनि तालिम अभाव हुँदा कक्षाकोठा प्रभावकारी बन्न नसकेको उनको भनाई छ ।


नैतिक शिक्षा कक्षाकोठामा ल्याउनेकी नीतिमा ल्याउने भन्ने प्रश्न गर्दै यसका लागी विद्यालय र शिक्षकलाई जिम्मेवारी बनाउन सके राम्रो हुने विचार व्यक्त गरिन ।


उनले भनिन् “मुखले ल्याएर भएन, व्यवहारमा ल्याउनुपर्छ, यसका लागी बालबालिकालाई घरदेखी विद्यालयसम्म नैतिक शिक्षा हरेक विषयमा जोड्दै पढाउनु पर्छ । यसका लागी यसै हुँदैन कसरी भन्ने कुरा शिक्षकलाई तालिम दिनुपर्छ“।


यहाँबाट हेर्नुहोस भिडियो