शैक्षिक परामर्श सेवा र भाषा परीक्षण संस्था दर्ताका लागी आवेदन माग

काठमाडौँ /३० भदौ – शिक्षा तथा खेलकुद मन्त्रालय, शैक्षिक परामर्श,प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउनका लागी सूचना जारी गरेको छ ।


शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ को नियम ३ को उपनियम (२) र उपनियम (७) तथा नियम ६ को उपनियम (२) बमोजिम शैक्षिक परामर्श सेवा र भाषा परीक्षण सेवा सञ्चालनको अनुमति लिने संस्थासँग आवेदन माग गरेको हो ।


मन्त्रालयले cims.moest.gov.np मार्फत प्रदेश सरकार वा स्थानीय तहबाट अनुमति पाएको संस्थाले २०८३ असोज २५ गतेभित्र र अन्य संस्थाहरुले प्रथम पटक सूचना प्रकाशन भएका मितिले ३५ दिन भित्र अनलाईन निवेदन गर्न सकिने जनाएको छ ।


हेर्नुहोस सूचना