बाढीपीडितको साथमा नेसनल प्याब्सन, राहत कोषमा १ करोड १ रुपैयाँ सहयोग

काठमाडौँ /३० भदौ – भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा शैक्षिक क्षेत्रका लागि नेसनल प्याब्सनले १ करोड १ रुपैयाँ सहयोग गरेको छ ।


अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जनाएको हो ।


बाढीका कारण विद्यालय भवन, शैक्षिक सामग्री तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले प्रभावित विद्यार्थीको पठनपाठन निरन्तरता र विद्यालय पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ । साथै अभिभावक, शिक्षक र विद्यार्थी प्रभावित भएकोले उनिहरुको सहयोगका लागि रकम जम्मा गरिएको नेसनल प्याब्सनको भनाई छ ।


केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले विपद्का बेला राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताए । नेसनल प्याब्सनले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालनमा सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिए ।