काठमाडौँ /३० भदौ – भोटेकोसी बाढीबाट प्रभावित परिवारका उत्कृष्ट १० जना विद्यार्थीलाई काठमाडौँको पुरानो बानेश्वरस्थित राजधानी मोडेल कलेजले पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ ।
कक्षा १२ पासगरेका बाढी प्रभावित विद्यार्थीलाई स्नातक तहका बिएससी सिएसआइटी, बिबिए र बिएचएम कार्यक्रममा अध्ययन गर्न पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको हो ।
दैवी विपत्तिका कारण आर्थिक सङ्कटमा परेका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नदिन सामाजिक उत्तरदायित्व अन्तर्गत कुल ७० लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति दिने निर्णय गरिएको कलेज प्रमुख केपी पन्तले जानकारी दिए ।
साथै आवेदन प्रक्रियाबारे बुझ्न इच्छुक विद्यार्थी तथा अभिभावकहरूले सिधै कलेजमा अथवा ह्वाट्सएप नम्बर ९८४१४८६८१२ मा सम्पर्क गरी थप जानकारी लिन सक्ने छन् ।



