विद्यार्थीलाई नैतिक शिक्षा सिकाउन ग्याजेटबाट टाढा राख्नुपर्छ

काठमाडौँ /३० भदौ – प्रशिक्षक तथा शिक्षक कुमार थापाले नैतिक शिक्षाका सवालमा पाठ्यक्रममा नभई कक्षकोठा सँग जोडेर जान सकिए मात्रै त्यो प्रभावकारी हुने बताए । विद्यार्थीलाई नैतिक शिक्षा सिकाउन कक्षाकोठा, अभिभावकसँग मात्रै नभई प्रविधिको प्रयोगका बारेमा सिकाउन जरुरी रहेको उनको भनाई छ ।


पछिल्लो समय विद्यार्थीहरूमा ग्याजेटको प्रयोग अत्यधिक धेरै हुने गरेको उल्लेख गर्दै विद्यार्थीलाई अभिभावकले ग्याजेटबाट टाढा राख्नुपर्नेमा जोड् दिए ।


साथै विद्यार्थीले धेरै ग्याजेटको प्रयोग गर्दा सिक्नुपर्ने पनि सुक्न नपर्ने पनि सिकिरहेकोले शिक्षकलाई शिक्षक मान्न नसक्ने धारणा निर्माण गर्ने गरेकोले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाई छ ।


नैतिक शिक्षाका सन्दर्भमा बोल्दै शिक्षा नियमावलीको दसौँ संशोधनमा सरकारले राखेको जबरजस्ती कपाल काट्ने वा कटाउन लगाउने, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार (मेकअप) वा साजसज्जाका आधारमा होच्याउने लगायतका व्यवस्था ठिक भएपनि त्यसको बुझाईमा फरक परेको उनको भनाई छ ।


हेर्नुहोस भिडियोमा