आयुष्मा ढकाल
कक्षा १०
श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय
कोहलपुर, बाँके
खुलेर उड्न चाहन्थे के त्यो मेरो दोष थियो ? आफैले कल्पना गरेको विश्वमा रम्न चाहन्थें के त्यो मेरो दोष थियो ? सबै पुरुष जातिलाई आफ्नै दाजु भाइ सम्झनु के मेरो दोष थियो ?
घर फर्किन निकै अबेर भएको थियो । अध्यारो बढ्दै थियो । घर पुग्न अभै समय लाग्थ्यो । मानिस र गाडीका हुल पातलिदै थिए । मलाई एउटा सन्त्रासले घेरिसकेको थियो । म जति जति अगाडि पाइला लम्काउँथे उतिउति एउटा व्यक्तिले मलाई पछ्याएको महसुस हुँदै थियो । म त्रसित बन्दै थिएँ । चिच्याउन मन लाग्यो । कराउन मन लाग्यो । तर अहँ बोली निस्किएन ।
पुरुषसँग महिला डराए भै महिलासँग पुरुष डराउँछन् कि डराउँदैनन् ? मनमा कुरा खेल्न थाल्यो । एकैछिन् सोचें कोही छैन मेरो पछाडि । म आफै डर र शंका मानिरहेकी छु । वनको बाघले होइन मनको बाघसँग डराएँ म । मन दह्रो बनाएर सोचें म डराउनु हुन्न । मैले कस्को के बिगारेको छु र डराउनु प¥यो ? आपैmलाई प्रश्न गरें । हरेक प्रश्नको उत्तरभन्दा पहिला त्रास र शंका अगाडि आउँथ्यो । पछाडि फर्कन डर लाग्थ्यो । हरेक आवाजको चियो गर्दै पाइला लम्काउँदै थिएँ ।
आमाले घरबाट बिहान निस्कने बेला सधैं सम्झाइरहनु हुन्छ । ‘बाटोमा हिड्दा राम्रोसँग हिड्नु । नचिनेको मान्छेले भनेको नमान्नु । दिन आफ्नो हो । रातमा जोगिन सक्नुपर्छ । रात पर्नु अघि नै फर्किनु । दिनहुँ बलत्कारका घट्नाहरु मात्र सुनिन्छन् । अरुलाई दोष दिनुभन्दा आपूmले होस पु¥याउनु ।’
आमाका वचनहरु मेरो मानसपटल वरिपरि दगुर्दै थिए पैतालाहरुभन्दा पनि छिटो । धड्कन बढिरहेको थियो । अघिल्लो हप्ता हाम्रै गाउँकी रमिता बहिनी बलात्कृत भएकी थिइन् । आज बलात्कृत हुने पालो मेरो त होइन ? आङ जिरिङ भयो । पछाडिको आकृति झनै नजिकै आए जस्तो लाग्यो । भागौं ? चिच्चाऔ ? वा फर्कौं ? के गरौं गरौं भयो । हुन पनि पछिल्लो समय बलत्कारका घटना अलि बढी नै घट्न थालेका थिए । सत्तरी वर्षकी बुढी हजुरआमाहरु समेत बलात्कृत भएका घटना सुनिन्थे भने बाँकिको के कुरा ? इज्यत लिलाम हुन कति बेर लाग्छ र ?
निराशामा भन्दा आशामा विश्वास गर्छु म । केही गरेर देखाउने प्रतिज्ञा छ मेरो । मेरा आमा बाबुको लगानी साकार पार्नुछ । आफ्ना इच्छाहरु पूरा गर्नुछ । भर्खरै हिड्न सिकेका मेरा पैतालाहरु अभै बलिया बनाउनु छ । हरेक समस्यासँग नजुधेसम्म म कसरी परिपक्क हुन्थें र ? ‘जहाँ समस्या त्यहाँ उपाय’ भनेर गुरुले कक्षामा पढाएको सम्भें ।
पछाडि पछ्याउँदै आएको पुरुष आकृतिलाई जसरी पनि जित्नु थियो । भाग्नु बाहेक विकल्प थिएन मसँग । म अघिअघि दौडिदै थिएँ । ऊ पछिपछि लम्किदै थियो । म्याराथनमा दौडिने धावक जस्तै भैदिएँ म । ऊ पनि नजिकै आइ पुग्यो । तर मलाई पहिला जस्तो डर लागेन किनकि म घरको गेट नजिक पुगिसकेकी थिएँ ।
पछाडि हेर्ने आँट भने अभैm आइसकेको थिएन । गेटभित्र पसेपछि राम्रैसँग हेर्ने विचार थियो मलाई पच्छाउनेलाई । घरको गेटमा पसे र ढ्याम्म ढोका लगाएँ । फलामको ढोका बेसरी बज्यो । सँगसँगै ‘ग्रिष्मा ढोका बन्द नगर म आउँदै छु ।’ भन्ने दाइको आवाज आयो । दाइ मलाई लिन जानु भएको कुरा आमाले सुनाउनु भयो ।
मेरो स्याँस्याँ रोकिएको थिएन । म कोठाभित्र पसें । आमाले पुन धेरै कुरा सम्झाउनु भयो । त्यस दिनदेखि मलाई एक्लै रातमा निस्कने हिम्मत आएको छैन ।
कविता : दोष
म खुलेर उड्न चाहन्छु कल्पनाको आकाशमा
उड्न चाहनु के मेरो दोष हो ?
पिंजडा मलाई मन पर्दैन
मैले देखेको छु पिंजडाका सुगाहरु
सधै पिडित देख्छु उनीहरुलाई
पिन्जडा र पीडामा फरक नदेख्नु के मेरो दोष हो ?
म त बुद्ध जन्मेको देशको मान्छे
मलाई हत्या हिंसा मन पर्दैन
अमर र भक्तिको देशको मान्छे
मलाई अन्याय पटक्कै मन पर्दैन
म त कर्तब्यको ख्याल गर्ने मान्छे
अधिकारको कुरा गर्नु के मेरो दोष हो ?
म त नारीलाई देवी भनेर पुज्ने मान्छे
छाउपडीमा किन पिडित छिन् नारी ?
बलत्कार र हिंसामा किन पर्छन् नारी ?
म त सभ्यता र संस्कार मन पराउने मान्छे
सुन्दर संसारको कल्पना गर्नु के मेरो दोष हो ?
यी सबै दोष हुन् भने
म दोषी भएर बाँच्न चाहन्छु
अन्याय र अत्याचार विरुद्ध
डटेर लड्न चाहन्छु ।