काठमाडौं/९ मंसिर–त्रिभुवन विश्वविद्यायको पैंतालीसौं दीक्षान्त समारोह पुस ३ गते पुल्चोक क्याम्पसको खेल मैदानमा आयोजना हुने भएको छ ।
त्रिविका अनुसार बिहान १० बजे भित्र प्रवेश गरिसक्नुपर्ने छ । त्रिविले दीक्षान्त समारोहका लागि गाउन/स्कार्फ/टोपी मंसिर २५ गतेदेखि पुस २ गतेसम्म बिदाको समयमा समेत वितरण गरिने जनाएको छ । विद्यार्थीहरुले गाउन/स्कार्फ/टोपी त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुुबाट लिन सक्नेछन् ।