काठमाडौ / १५ बैशाख – साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स विषय पहिला अलग अलग पढाइ हुन्थ्यो । यी विषय सही ढंगले सिकाउने विधि नहुँदा विद्यार्थीहरुले यी विषय पढ्न गाह«ो मान्थे । धर्मशास्त्र जसरी पढाइ हुँदै आएको गणित, विज्ञान र टेक्नोलोजी जस्ता विषयलाई गुणस्तरी बनाउनका लागि स्टिम एजुुकेशनको अवधारण आएको हो ।
१९६० को दशकमा अमेरिकाबाट स्टिम एजुकेशनको सुरुवता भएको थियो । साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स एउटैमा समावेश गरिएकाले यसलाई स्टिम भनिएको हो । इन्टरनेटको विकास र आईसीटीको प्रयोगसँगै स्टिम एजुकेशनको अवधारणाको विकास भयो । २००६ मा भएको मोमेन्ट पछि यसमा आर्टस विषय थप गरियो । मोमेन्टले आर्टस विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सलाई जोड्न आर्टस थप गरिएको थियो ।
सन् २००६ देखि स्टिम एजुकेशनको धारणा आएको भएपनि नेपालमा अझैपनि लागू हुन सकेको छैन । साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ विषय घोकाएर, रटाएर पढाउने विषय होइन । तर, हामी काँहा विद्यार्थीहरुलाई यसरी नै पढाइन्छ ।
जबदेखि नेपालमा शिक्षा प्रणालीको सुरूवात भयो तबदेखि नै गणित, विज्ञान जस्ता विभिन्न विषयहरू धर्मशास्त्र जस्तो गरी पढाईयो । अहिले सम्मको परिस्थितिमा आईसक्दा पनि शिक्षा प्रणालीमा खासैपरिवर्तन हुन सकेको छैन । पछिल्लो समय इन्टरनेटको विस्तार र विभिन्न टेक्नोलोजीको प्रयोग चरम उत्कर्षमा पुगेको छ । तर, नेपालले पुरानै शताब्दीको साधारण शिक्षा विधिलाई नै प्राथमिकता दिईरहेकाले गर्दा विकासले गति लिन सकेको छैन ।
गणित तथा विज्ञान विषयमा सूूत्र घोकाउने र पास मात्रै गराउने परिपाटीको अझै अन्त्य हुन सकेको छैन । यस्तै, विद्यार्थीलाई कुन विषय कसरी पढाउने, कुन विधि अपनाएर पढाई सञ्चालन गर्ने, शिक्षकलाई कसरी, कस्तो खालको तालिम प्रदान गर्ने भन्ने कुरामा विद्यालय लागेको देखिदैन । यस्तो शिक्षा प्रणालीलाई परिवर्तन गरी पढाईलाई सुदृढ, गुणस्तरीय तथा उत्पादनशील बनाउनका लागि स्टिम एजुकेशनको आवश्यकता छ । यसले कुनैपनि विषयमा केन्द्रित रहेर विद्यार्थीलाई स्पष्ट रुपमा सोही विषय सम्बन्धि स्थायी रुपले विज्ञान, प्रविधि र गणितलाई संरचनात्मक तरिकाबाट बुुझ्न सहयोग गर्छ । स्टिम एजुकेशनले सीपमूलक र उत्पादनमूलक शिक्षालाई जोड दिन्छ ।
विद्यार्थीहरुलाई विद्यालय तह देखि नै स्टिम एजुकेशन पढाइनुु पर्छ । गणित, विज्ञान जस्तो विषय घोकाएर परीक्षाका लागि मात्र तयार गराइदा विद्यार्थीहरुले यी विषय मन नपराउनुका साथै यी विषय पढेर कामै छैन भन्ने धारणा समेत बनाएका छन् । यी विषय पढाउने कला नभएका कारण विद्यार्थीहरुमा यस्तो खालको मानसिकता विकास भएको हो । विद्यार्थीलाई कक्षाकोठमा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य गरी विद्यार्थीलाई छलफल गराउने, एकअर्कासँग अन्तरक्रिया गराउने र अन्वेषणमा प्रेरित गर्न सकेमा मात्र शिक्षाको गुणस्तरमा सुधार आउँछ ।विद्यालयको पाठ्यक्रम उत्पादनमूलक तथा आविष्कारमूलक हुनुपर्छ ।यसको समाधानका रुपमा स्टिम एजुकेशनलाई लिन सकिन्छ । अध्ययन र अनुसन्धानमा आधारित स्टिम एजुकेशनले विद्यार्थीहरुलाई स्वउद्यमी बन्न समेत सहयोग गर्छ ।
स्टिम एजुकेशनमा महत्व बुुझेर केही निजी विद्यालयहरुले स्टिम एजुकेशनको सुुरुवता गरिसकेका छन् । सामुदायिक विद्यालयहरुमा पनि स्टिम एजुकेशन दिन सकेमा नेपालको शैक्षिक क्षेत्रमा सुधार गर्न सकिन्छ ।
काठमाडौं विश्वविद्यालयका प्रोफेसर बालचन्द्र लुुइँटेलसँगको कुराकानीमा आधारित
नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला