काठमडौ/१५ बैशाख – विराटनगरका प्याब्सन, हिसान र एन प्याब्सन अन्र्तगतका निजि शैक्षिक संस्थाहरुले लकडाउनका कारण अलपत्र परेका सर्वसाधारण र विद्यार्थीलाई आफ्ना शैक्षिक संस्थाका यातायातमा गन्तब्यमा पु¥याएका छन् ।
लामो समय देखि लकडाउनको कारण विराटनगरमा अलपत्र परेका सर्व साधारण र विद्यार्थीलाई विराटनगरवाट आज सामाजिक दुरी कायम गरी चौध वटा स्कूल बसमा ३ सय ८५ जना सर्वसाधरण र विद्यार्थीलाई उद्दार गरेको छ । उनीहरुलाई उद्दार गरि निजी स्कूल बसमा हालेर ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषा पठाइएको हो । उनीहरु सवैलाई निःशुल्क आ–आफ्नो गन्तब्यमा पुर्याइएको हो ।
विराटनगर महानगरपालिकाको सहयोगमा निजि शैक्षिक संस्थाहरुले सर्वसाधारण र विद्यार्थीलाइ उद्दार गरेको हो ।