काठमाडौँ /१४ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा चीन सरकारको सहयोग बारे। कुराकानी भएको थियो ।
विशेष गरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवम् समसामयिक विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।



