काठमाडौँ /१५ वैशाख – यो वर्षको शैक्षिकसत्र आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको हो ।
यसअघि वैशाख २ गतेदेखि भर्ना हुने गरिएकोमा पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
कतिपय स्थानीय तहहरुले यस अघिनै शैक्षिक सत्र सुरु गरिसकेका छन् भने धेरैले आजदेखि सुरु गरेका छन् ।
साथै शैक्षिक सत्र सुरु भएसँगै समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउन पनि सरकारले भनेको छ ।
संस्थागत विद्यालयका छाता संगठनहरुले पनि सरकारको निर्णय अनुसार अजदेखि भर्ना अभियान सञ्चालन गरिने र वैशाख २१ ग्तेदेखि पठनपाठन सञ्चालन गरिने जानकारी दिएका छन् ।



