काठमाडौँ /२४ माघ – बुढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता यही माघ २७ र २८ गते आयोजना हुने भएको छ ।
बुढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिता इम्पेरियल वर्ल्ड स्कुलको खेल मैदानमा आयोजना गरिने बुढानिलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विद्यालयस्तरका विद्यार्थीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
त्यस्तै, प्रतियोगिताका संयोजक नबराज भट्टले कार्यक्रमबारे जानकारी गराउँदै खेलहरू लिग नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने बताए । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फका टिमहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
जसमा प्रथम हुनेलाई ९ हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार नगद, ट्रफि सहित सम्मान गरीनेछ । साथै बुढानिलकण्ठ क्षेत्रभित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको छ ।



