काठमाडौँ /२४ माघ – बाल खेलकुद आयोगको नवौं किड्स ओलम्पिक नेपाल २०८२ कार्यक्रम सम्पन्न भएको छ । आज दशरथ रङ्गशालामा ५० बढी सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागीतमा सम्पन्न भएको हो ।
बाल खेलकुद आयोगको आयोजना र नेपाल ओलम्पिक समिति नेपालको संयोजनमा बालबालिकाहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, टिमवर्क र ओलम्पिक मूल्यमान्यता प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको बाल खेलकुद कार्यक्रम आयोजना गरिएको बाल खेलकुद आयोगकी अध्यक्ष राज्यलक्ष्मी बैदरले जानकारी दिइन ।

खेलसँग हुर्कदै, सपनासँग उड्दै मूल नाराका साथ बालबालिकाको विकास र खेलकुद प्रवर्धनमा भावी पुस्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको आयोजन गर्दै आएको उनको भनाई छ ।
यो वर्षको कार्यक्रम “स्वतन्त्र मन र जोडिएका हृदय“ भन्ने विषयवस्तु अन्तर्गत प्रि–२ देखि कक्षा ३ सम्मका करिब १५ सय विद्यार्थीहरूको सहभागितामा सबैका लागि समावेशीता र समान अवसरहरू सुनिश्चित गर्दै खेलकुदको आयोजना गरिएको थियो ।




