काठमाडौँ /२३ माघ – शिक्षाविद् डा. रमेश अवस्थीले नेपालीका लागि नेपाली संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताएका छन् । समाजमा जति पनि दुर्घटनाहरू भईरहेका छन् संस्कारसहितको शिक्षा अभाव हुँदा त्यसता घटना हुने गरेको उनको भनाइ छ ।
“नेपालसँग भएको संस्कारसहितको शिक्षा हो, विश्वले नै त्यसरी नै हेर्छ । यदी संस्कार सहितको शिक्षा नभए विदेशीहरू नेपाल आएर के लैजान् त्यसैले नीतिमा संस्कार सहितको शिक्षालाई जोड्न आवश्यक छ” उनले भने ।
यसैगरी विद्यालय शिक्षा रूपान्तरणका लागि अहिलेको समस्या भनेको लर्निङ ग्याप भएको र यसलाई नीतिमा समेट्न सक्नुपर्ने सुझाब दिए ।
अवस्थीले हाल परीक्षा प्रणाली छोड्ने चर्चा पनि चलीरहेको उल्लेख गर्दै परीक्षा छोड्ने भन्दा पनि नेपाललाई चिन्ने, मर्यादित परीक्षा प्रणाली आवश्यक रहेकोमा जोड् दिए । “परीक्षा प्रणाली नै हटाउने भन्दा पनि नेपाली माटो सुहाउने मर्यादित परीक्षा प्रणालीको विकास गर्न आवश्यक छ”उनले भने ।



