अत्यधिक चिसो बढेपछि बेलौरीका विद्यालय चार दिन बन्द गर्ने निर्णय

कञ्चनपुर/२२ पुस – कञ्चनपुरको बेलौरी नगरपालिकाले थप चार दिन विद्यालयहरूमा विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि २५ गतेसम्म चार दिन जाडो बिदा दिने निर्णय गरेको हो । यसअघि पुस १७ र १८ गते पनि पालिकाले विद्यालयहरूमा जाडो बिदा दिइएको थियो ।


चिसोका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई दृष्टिगत गर्दै विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टी हुने गरी बेलौरीस्थित सामुदायिक र संस्थागत सबै विद्यालयमा जाडो बिदा दिइएको छ ।


बेलौरी नगरपालिकामा ३१ सामुदायिक र २१ संस्थागत गरी ५२ विद्यालय सञ्चालनमा छन् ।