कपिलवस्तु/२१ पुष – कपिलवस्तुको मायादेवी गाउँपालिका ३ बर्सौलीमा सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन् ।
घाइते विद्यार्थीहरूलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि पठाइएको छ । साथै चालक र बस नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शुद्धोदन गाउँपालिका १ मा रहेको स्कुलको लु १ क ५७२२ नम्बरको बस फुलीकाबाट बगदीतर्फ आउँदै गर्दा पल्टिएको प्रहरीले जनाएको छ ।



