काठमाडौँ /१७ मंसिर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।
बोर्डको कार्तिक १७ गते प्रकाशित सूचना अनुसार मंसिर १६ गतेसम्म परीक्षा आवेदन फाराम भर्ने म्याद तोकिएकोमा मंसिर २४ गतेसम्मका लागि म्याद थप गरेको हो ।
विद्यार्थी, विद्यालय, अभिभावक तथा सरोकारवालाहरुबाट म्याद थपका लागि अनुरोध आएकाले म्याद थपिएको बोर्डले जनाएको छ ।



