शिक्षामन्त्रीको चेतावनी : विव्यास गठन नगरी विद्यालय सञ्चालन गर्ने पालिकाको अनुदान रोक्ने

काठमाडौँ/१७ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरुको अनुदान रोक्ने चेतावनी दिएका छन् ।


त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको उनको भनाई छ ।


पुनले त्यस्ता पालिकाहरूको नाम संकलन भैरहेको जानकारी दिँदै पिडित अविभावकहरुलाई जानकारी दिन आग्रह गरेका छन् । त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने उनको भनाई छ ।


उनले भने “विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिकाहरूको नाम संकलन भैरहेको छ । पिडित अविभावकहरुले पनि जानकारी दिन सक्नु हुनेछ ।”