विद्यालयमा बनाइएका २२ वटा सटर भत्काइयो

काठमाडौँ/११ मंसिर – काठमाडौँ महानगरपालिकाले विद्यालयमा बनाइएका अवैध सटरहरू भत्काइएको छ । जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरू भत्काइएको हो ।


विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिए पछि भत्काइएको महानगरले जनाएको छ । शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटरहरू आज भत्काइएका हुन् ।


महानगरपालिकाले शैक्षिक संस्थाहरूको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।