सिन्धुली/११ मंसिर – विद्यार्थीले शिक्षकलाई कुटपिट गरेपछी विद्यालयको पठन पाठन बन्द गरिएको छ । सिन्धुली जिल्ला घ्याङ्लेख गा.पा. वडा नं ०५, शान्तेश्वरी स्थित श्री नेत्रकाली माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रले कुटपिटगरी असक्त बनाएको र अशान्त वातावरण निर्माण गरेका कारण पठन पाठन बन्द गरिएको हो ।
मंसिर १० गते विद्यालयको सार्वजनिक सम्पति माथि क्षति पु¥याएको र शिक्षकले विद्यार्थीलाई सम्झाएकै कारण साँझ ६ः४५ बजे वालि विज्ञान तर्फ अध्यापनरत शिक्षक धन बहादुर धामी माथि विद्यार्थीले कुटपिट गरेको विद्यालयले जनाएको छ ।
विद्यालय कक्षा १२ मा अध्ययनरत छात्र छेडुप लामाको नेतृत्वमा आएका समूहले ज्यान मार्ने उदेश्यका साथ घर घेरी ट्वाइलेट गई निस्कने क्रममा शिक्षकको टाउको, हात र खुट्टामा चिरपट प्रयोग गरि पूर्ण रूपमा असक्त बनाएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विद्यार्थी तथा अभिभावकबाट विद्यालयका सम्पूर्ण शिक्षकहरू माथि धाक धम्की आईरहेकोले तत्कालै पठनपाठन गर्न नसक्ने जानकारी दिँदै विद्यालय बन्द गरिएको छ । “यस विषम परिस्थितिमा हामी विद्यालयका सम्पूर्ण शिक्षकहरू माथि पनि धाक धम्की विद्यार्थी तथा अभिभावकबाट आई रहेको हुँदा यस्तो अशान्त वातावरणमा पठन पाठन क्रियाकलाप गर्न नसक्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्म हाललाई विद्यालयका पठन पाठन लगायत सम्पूर्ण गतिविधि बन्द रहने कुरा सबैमा जानकारी साथ अनुरोध गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।



