विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानुन ल्याउने प्रयास भईरहेको छ : शिक्षामन्त्री

काठमाडौँ /१० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथ त्रिभुवन विश्वविद्यालयका सहकुलपति महावीर पुनले प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको बताएका छन् । यसका लागि आफू लागिपरेको र विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास भईरहेको बताएका हुन् ।


आज भएको त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहनुभएको उनको भनाई छ । सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धि कानुन ल्याउन लागेको पनि स्पष्ट पारे ।


‘हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ उनले भने ।