काठमाडौं/१० मंसिर – प्रधानमन्त्री सुशीला कार्कीले विज्ञमार्फत कुलपति चयन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालयको सभामा एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने उल्लेख गर्दै सो धारणा राखेकी हुन् ।
उनले भनिन् ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमाफर्त होस्, सभाले खोजोस् ।’
यसैगरी विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न नसकिने बताउँदै स्वायत्तताको कुरा आइरहेको र त्यो हुनुपर्ने आफूलाई लागेको नको भनाई छ ।
उनले पोलिटिकल कारणले कहिले सभा नहुने अवस्था रहेको उल्लेख गर्दै विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्ने र आफैं आर्जन गर्नुपर्नेमा जोड् दिइन । ‘तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्यत गर्नुपर्छ’ उनले भनिन् ।



