जेनजीलाई बुझ्न नसकेको नेपालको शिक्षा

काठमाडौँ /२ मंसिर – पछिल्लो समय जेनजीको कुनै दर्शन वा सिद्धान्त नभएको भन्ने बहस हुने गरिएपनि उनिहरूले सफलतालाई बढी महत्व दिने गरेको एमआई पिबिएल प्रवर्तक सिङ्ग लामाले बताएका छन् ।अघिल्लो पुस्ताले कुनै एउटा दार्शनिकको विचार लिएर जीवन भर दार्शनकिय विचारको भारी बोकेर वा दाश बनेर गौरव गरेको अवस्तामा जेनजीहरुले कुनै पनि व्यक्तिको दर्शन वा सिद्धान्त सँग सरोकार नराख्ने तर उनिहरूको व्यवहार, काममा र सफलतामा दर्शन रहेको उनको भनाई छ ।


जेनजी आन्दोलन र शिक्षामा देखिएका चुनौती बारे खबर एजुकोशनसँगको संवादमा बोल्दै जीवनसँग जोडिएको शिक्षा जेनजीले चाहेको बताए । जीवनसँग जोडिएको शिक्षा भन्ने बित्तिकै पुरानो पुस्ता (जेन एक्स, बुमर्स र जेनवाई)ले घरायसी कामसँग र संस्कारसँग जोडिएको शिक्षा बुझ्नेगरेको उल्लेख गर्दै त्यो गलत भएको विचार व्यक्त गरे ।


उनले भने “जीवनसँग जोडिएको शिक्षा भनेको घरायसी कामको सिकाई अथवा संस्कारसँग जोडिएको शिक्षा सिकाई होइन । अहिलेका शिक्षामन्त्रीले नैतिक शिक्षा, इतिहास, पूर्व व्यावसायिक शिक्षा, संविधान र जीवन विज्ञान जस्ता शिक्षा पाठ्यक्रममा राख्नुपर्छ किनभने अहिलेको पाठ्यक्रम समय सान्दर्भिक भएन भन्नुभएको पनि देखियो । तर हामीले सोच्ने हो भने अहिले जेजती भ्रष्टाचार भएको छ, बेथिति भएको छ त्यो गर्ने पुस्ताले तीनै विषय पढेर आएका होइनन् र ?”


लामाले विद्यालय किन बनायौँ भन्ने कुरा बिर्सन नहुने उल्लेख गर्दै जीवन र जगतबाटै स्वतः सिक्ने विषयलाई भन्दा विज्ञानलाई शिक्षासँग जोड्न आवश्यक रहेकोमा जोड् दिए । उनले विद्यालयको शिक्षामा विज्ञान र आविष्कारसँग जोड्न सके जेनजी पुस्ताले यसलाई अगाडी लैजान सक्ने क्षमता रख्ने गरको र उनिहरूको चासो पनि त्यसैमा बढी रहेको दाबी गरे ।


नेपालको सन्दर्भमा आदर्शवादी शिक्षा हाबी हुँदा प्रयोगात्मक र प्रायोगिक हुन नसकेको उनको भनाई छ । त्यसका लागि जैविक रूपमा आधारभूत शिक्षा वा प्राकृतिक शिक्षा जुन हुर्कदै स्वतः सिक्ने शिक्षालाई भन्दा शिक्षालाई अगाडी बढाउन विज्ञान शिक्षा ल्याउनु पर्ने र आविष्कारलाई केन्द्रमा राख्नुपर्नै बताए ।


हेर्नुहोस भिडियोमा