नियमित तथा भौतिक सुविधा विकासका लागि अनुदान उपलब्ध गराउन आवेदन माग

काठमाडौँ /३ मंसिर – विश्वविद्यालय अनुदान आयोगले विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी संचालनमा रहेका सामुदायिक क्याम्पसहरूलाई आ.व. ०८२/०८३ को स्वीकृत कार्यक्रम तथा बजेटको परिधिभित्र रही वार्षिकरूपमा नियमित तथा भौतिक सुविधा विकासका लागि अनुदान उपलब्ध गराउन आवेदन माग गरेको छ ।


अनुदानका लागि आयोगको कार्यक्रम कार्यविधि, २०८२ मा तोकिएबमोजिमको ढाँचामा रही आवेदन र छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुपर्ने छ । साथै यसका लागि विस्तृत जानकारी आयोगको वेवसाइट www.ugcnepal.edu.np मा रहेको कार्यविधि, २०८२ बाट प्राप्त गर्न सकिनेछ ।


यसैगरी झुटो विवरण पेस गरेको प्रमाणित भएमा आवेदन/प्रस्ताव रद्द गरी भविष्यमा आयोगबाट कुनै सुविधा प्राप्त नहुने गरी सुविधावञ्चित सूचीमा राख्न सकिनेछ र आवश्यक कारवाहीका लागि सम्बन्धन दिने विश्वविद्यालयलाई लेखी पठाइनेछ आयोगले जनाएको छ ।


आवेदन र प्रस्ताव बागमती र गण्डकी प्रदेशकाले मंसिर २८ गतेसम्म, कोशी, मधेश र लुम्बिनी प्रदेशकाले पुस १ गतेसम्म र कर्णाली / सुदूरपश्चिम प्रदेशकाले पुस ३ गते कार्यालय समयभित्र दर्ता गराउनु पर्ने छ ।