प्रि–डिप्लोमा तहको वार्षिक तथा अन्तिम परीक्षाको आवेदन फाराम खुला

काठमाडौँ /२४ भदौ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको नियमित/आंशिक तर्फका विभिन्न कार्यक्रमहरूको वार्षिक/अन्तिम परीक्षाको आवेदन फाराम खुला गरेको छ ।


परिषद्बाट प्रि–डिप्लोमा तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक, साझेदारी, टेक्स कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि मङ्सिर महिनामा सञ्चालन हुने प्रि–डिप्लोमा तहको परीक्षा आवेदन खुला गरेको हो ।


(१५+३ महिने) अटोमोबाइल इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ र औद्योगिक प्रशिक्षार्थी (२४ महिने) कार्यक्रमको परीक्षामा सम्मिलित हुन सम्बन्धित परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि असोज २६ गतेभित्र नियमित शुल्कमा र कात्तिक १३ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ ।


साथै प्रि–डिप्लोमा तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८१- २०८२ मा रजिस्ट्रेसन कायम भएका र २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८०/०८१ मा रजिस्ट्रेसन कायम भएका परीक्षार्थीहरूले समेत परीक्षा आवेदन फाराम भर्न सक्ने छन् ।