शिक्षा विधेयक विरुद्ध निजी विद्यालयको आन्दोलन : आज विद्यालय बससहित र्‍याली गर्ने

काठमाडौँ /१६ भदौ-विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गर्ने भएका छन् । समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजीको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका निजी विद्यालयहरुले बस ¥याली गर्ने भएका हुन् ।


र्‍यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएसहितको संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।


बस ¥यालीका लागि निर्धारण गरिएका प्रमुख रुटहरूमा भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने जनाएको छ ।


यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने ¥यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।


यसैगरी सितापाइला, स्वयम्भु र आसपासका बसहरू हलचोक प्रवेश गरी सानो भ¥याङ हुँदै परिक्रमा गर्ने, तारकेश्वर, सानो भ¥याङ र हलचोक आसपासका विद्यालय बसहरू बालाजु हुँदै सामाखुशीबाट परिक्रमा गर्ने तथा टोखा, गोंगबु, ठमेल र सोह्रखुट्टेतर्फका विद्यालय बसहरू सामाखुशी हुँदै धापासीबाट चक्रपथ परिक्रमा गर्ने, बुढानीलकण्ठ, महाराजगञ्ज, पानीपोखरी र वालुवाटार क्षेत्रका विद्यालय बसहरू नारायणगोपालचोक प्रवेश गरी चाबहिल हुँदै परिक्रमा गर्ने तथा कपन, जोरपाटी, गोकर्णेश्वर क्षेत्रका विद्यालय बसहरू चाबहिल हुँदै गौशाला भएर परिक्रमा गर्ने, गौशाला, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवी क्षेत्रका विद्यालय बसहरू गौशाला हुँदै सिनामंगल–एयरपोर्टतर्फ परिक्रमा गर्ने र्‍यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।


सबै विद्यालय बस बिहान ठिक ११ः३० बजे तोकिएको स्थानमा उपस्थित हुने तथा बसहरूमा ब्यानर र कालो झण्डा राखिने विज्ञप्तिमा उल्लेख छ ।