काठमाडौं/११ भदौ – नेपाल शिक्षक महासङ्घले पहिलो चरणका आन्दोलनको कार्यक्रम अन्तर्गत आज राजनीतिक पार्टी कार्यालयमा धर्ना दिएका छन् । सबै राजनीतिक पार्टी कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै २ घण्टा प्रतिनिधि मूलक भर्ना दिएका हुन् ।
महासङ्घले घोषणा गरेका आन्दोलनका कार्यक्रम अनुसार आजदेखि २० गतेसम्म केन्द्रमा सबै पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै २ घण्टा प्रतिनिधि मूलक धर्ना दिने कार्यक्रम रहेको छ । उनिहरूले आज नेपाली काँग्रेसको पार्टी कार्यालयमा २ घण्टा धर्ना दिनेछन् ।
२०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागु गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६० प्रतिशत–४० प्रतिशत को सट्टा) आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।
महासङ्घको आन्दोलनका कार्यक्रम अन्तर्गत भादौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकको ध्यानाकर्षण पत्र पेस गरिसकेका छन्, भादौं ११ गतेदखि २० गतेसम्म सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यही २ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने, भादौ १३ गते शुक्रवार सबै पालिकामा र भादौ १५ गते आइतवार सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र १ घण्टा धर्ना दिने, भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने र यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने जनाएको छ ।



