समयमै अवैध शुुल्क फिर्ता गर्न मेडिकल कलेजलाई अनेरास्वीवयुुको आग्रह


काठमाडौं/८ मंसिर– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु) ले सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।
आईतबार प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुुले सरकारले दोस्रो पटक दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
विज्ञाप्तिमा निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमित कार्यान्वयन नगरे अनेरास्ववियुु कडा आन्दोलनमा उत्रिने जारी उल्लेख गरिएको छ । साथै, युुनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमनले आक्रोशित भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टेलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनलाई सचेत समेत गरेको छ ।