काठमाडौँ /१९ असार – सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी खुलाउन अन्तरिम आदेश जारी गरेको छ । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु–नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भन्दै आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले जानकारी दिए । अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
गत जेठ १४ गते नेविसंघबाट विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।



