हब इन्टरनेशनल एजुकेशन : सफलताको १८ बर्ष

काठमाडौं/८ जेठ – शैक्षिक परामर्श क्षेत्रमा अब्ब्ल बन्न सफल हब इन्टरनेशनल एजुकेशनले सफलताको १८ बर्ष पार गरेको छ । सन् २००६ मा उद्धव बहादुर खड्काद्वारा स्थापित हब इन्टरनेशनल एजुकेशन नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वासिलो नाम बनिसकेको छ । नेपालबाट विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि थालनी गरिएको सानो प्रयास आज १८ वर्षपछि विश्वभरका विद्यार्थीहरूलाई सेवा र्पुयाउने एक प्रतिष्ठित संस्था बनेको छ ।


पछिल्ला वर्षहरूमा हब इन्टरनेशनलले हजारौँ विद्यार्थीहरूलाई विश्वका नामी विश्वविद्यालयहरूमा पुग्न सहयोग गर्दै आएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स, फिलिपिन्स, भियतनाम, भारतलगायतका देशहरूमा आफ्ना कार्यालयहरू स्थापना गरी हबले विद्यार्थीहरूलाई विश्वसनीय, व्यक्तिगत र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।


५ सयभन्दा बढी साझेदार संस्थासँगको विश्वव्यापी पहुँच


संस्था अहिले बेलायत, आयरल्यान्ड, न्युजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मनी, डेन्मार्क, फिनल्याण्ड, स्वीडेन र दुबई लगायतका देशका पाँच सयभन्दा बढी विश्वविद्यालय तथा कलेजहरूसँग साझेदारीमा कार्यरत छ । जसले विद्यार्थीहरूलाई अध्ययनका अनगिन्ती अवसरहरू उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा हब इन्टरनेशनल एजुकेशनले इन्टरनेशनल फेयर अवाड्र्समा कन्सलटेन्सी अफ द इयर को उपाधि जित्यो । यो पुरस्कारले संस्था द्वारा दिइँदै आएको इमानदार, गुणस्तरीय र विद्यार्थीमुखी सेवाको प्रमाण दिएको छ ।


सिएसआर कार्यक्रम – किनभने तपाईंको भविष्य महत्वपूर्ण छ


हजारौँ विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल यस संस्थाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उच्चतम मापदण्ड स्थापना गरेको छ । विद्यार्थीहरूप्रति संस्थाको उत्तरदायित्व दर्शाउने एउटा विशिष्ट कार्यक्रम हो । कन्सलटेन्सी स्टुडेन्ट रिस्पोन्सिबिलिटी यस कार्यक्रम अन्तर्गत बेलायतमा अध्ययनका लागि भिसा प्राप्त गर्ने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप र ल्यापटप ब्याग प्रदान गरिन्छ । यस कदमले विद्यार्थीहरूलाई प्रारम्भिक अध्ययनकालमै आवश्यक प्रविधिय सहायतासहितको वातावरण उपलब्ध गराउने उद्देश्य राखेको छ ।


विद्यार्थीहरूको भविष्यप्रति दृढ प्रतिवद्धता सिइओ सरिता खड्का


संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरिता खड्का विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति दृढ प्रतिवद्धता राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी हब इन्टरनेशनल एजुकेशनमा विद्यार्थीहरूको सपना साकार पार्ने भरोसायोग्य साझेदार बन्न पाउँदा गर्व गर्छौँ । विदेशमा अध्ययन गर्नु जीवन परिवर्तन गर्ने निर्णय हो, त्यसैले सो निर्णय बुझेर र सही जानकारीका आधारमा लिनुपर्छ । तपाईँले रोज्ने देश, विश्वविद्यालय वा कलेज र उपलब्ध छात्रवृत्तिहरूबारे राम्रोसँग अनुसन्धान गर्नु आवश्यक छ । शिक्षा मन्त्रालयमा दर्ता भइसकेको कन्सलटेन्सी रोज्नु नै सबैभन्दा सुरक्षित र भरपर्दो विकल्प हो । हामी तपाईंको अध्ययन यात्रालाई सहज, किफायती र सफल बनाउने पूर्ण प्रयासमा समर्पित छौं ।”


भर्ना प्रक्रिया सँगै विद्यार्थीको भविष्य प्रती केन्द्रीत


हब इन्टरनेशनल एजुकेशनले केवल भर्ना प्रक्रियामा मात्र होइन, सम्पूर्ण अध्ययन यात्राभर निरन्तर साथ दिन्छ । विद्यार्थीले उचित पाठ्यक्रम छनोट गर्न, आवेदन प्रक्रिया बुझ्न, छात्रवृत्ति पाउन, भिसा प्रक्रियामा सहयोग लिन, प्रि-डेपार्चर गाइड पाउन र विदेश पुगेपछि आवश्यक परामर्श सेवासम्म प्राप्त गर्न सक्दछन् । अनुभवी र दक्ष शैक्षिक परामर्शको टिमले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्छ । आज हब इन्टरनेशनल एजुकेशन केवल कन्सलटेन्सी मात्र नभई, नेपाल तथा अन्य मुलुकका हजारौँ विद्यार्थीहरूको सपना पुरा गर्ने एउटा अभियान बनेको छ । शिक्षा, इमानदारी र समर्पणका साथ, हबले नेपाली विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने अभियानलाई अगाडि बढाइरहेको छ ।


यदि तपाईं युके, युएसए, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्ड र इन्डिया जस्ता शैक्षिक गन्तव्यहरूतर्फ लक्षित हुनुहुन्छ भने, हब इन्टरनेशनल तपाईंको पहिलो र सबैभन्दा विश्वासिलो पाइला हुन सक्छ । आजै तपाईंको अन्तर्राष्ट्रिय शिक्षा यात्रा सुरु गर्न हब इन्टरनेशनल एजुकेशनमा सम्पर्क गर्नु सक्नुहुने छ । १८ वर्षको अनुभव, हजारौँ सफल कथाहरू, र उज्यालो भविष्यप्रतिको प्रतिबद्धताका साथ, हब इन्टरनेशनल एजुकेशन तपाईंको सपना पुरा गर्न सधैँ तयार छ ।