उपसमितिले ४५ दिन लगाएर तयार पारेको प्रतिवेदन समितिलाई बुझायो

काठमाडौं/४ बैशाख – विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति द्वारा गठित उपसमितिले ४५ दिन लगाएर तयार पारेको प्रतिवेदन आज बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले १५ परिच्छेद र १६३ दफा रहेको विधेयकमा १०८ बुँदाको प्रतिवेदन बुझाएको हो ।


त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।


शिक्षा समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले चैत १८ गतेदेखि आफ्नो कार्य प्रारम्भ गरेको थियो । ३५ दिने समय पाएको उपसमितिले वैशाख २१ गते समय पूरा गरेको थियो । ३५ दिने समयमा प्रतिवेदन लेखनको कार्य नसकेपछि शिक्षा समितिले थप १० दिनको म्याद थप गरेको थियो ।