काठमाडौं/२६ बैशाख – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष बि.ए., बि.एफ.ए., वि.वि.एस., वि.एड. र वि.एस्सी. तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरूका लागि फाराम खुला गरको हो ।
फारम २०८२ वैशाख २८ गतेदेखि २०८२ जेष्ठ २५ गतेसम्म नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फाराम भरी बुझाउन विश्वविद्यालयले सूचित गरेको छ ।
साथै यस पटकदेखि परीक्षा आवेदन फाराम स्वयँ परीक्षार्थीले अनलाइन माध्यमबाट भर्नुपर्ने व्यवस्था गरिएकोले सम्बन्धित क्याम्पसहरूले उपलब्ध गराएको परीक्षार्थीको इमेल अनुसार लगइन गरी दिइएको निर्देशन अनुसार आफ्नो परीक्षा आवेदन फाराम भरी सबमिट गर्नु पर्नेछ । यसैगरी यसै पटकबाट क्युआर सहितको अनलाइन प्रवेशपत्र वितरण गरिने भएकोले सम्बन्धित क्याम्पसहरूबाट प्रवेशपत्र वितरण गरिने जनाइएको छ ।