शिक्षक विरामी विदा बसेको अवधीमा सार्वजनिक विदा परे विरामी विदामा गणना हुने

काठमाडौं/२४ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षकहरूको विरामी विदा बसेको अवधीमा सार्वजनिक विदा परेमा उक्त विदा समेत विरामी विदामा गणना गर्नुपर्ने स्पष्ट पारेको छ । राष्ट्रिय कितावखाना( शिक्षक) सोधेको प्रश्नको जवाफ दिँदै मन्त्रालयले विरामी विदा बसेको अवधीमा सार्वजनिक विदा परे विरामी विदामा गणना गर्नुपर्ने जनाएको हो ।


मन्त्रालयले बैशाख १४ को सचिवस्तरिय निर्णय अनुसार विरामी विदामा गणना गर्नुपर्ने जनाएको छ ।


किताबखानालाई पठाएको पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा त्यहाँ किताबखानाको च नं ३४६७ मिति २०८१।१०।०८ को निर्देशन माग गरिएको पत्र अनुसार विद्यालयमा कार्यरत शिक्षकहरूको विरामी विदा स्वीकृति गरि बसेको अवधीमा सार्वजनिक विदा पर्न गएमा उक्त सार्वजनिक विदाका दिनहरू निजको विरामी विदामा गणना गर्ने वा नगर्ने सम्बन्धमा मन्त्रालयमा पेस हुँदा विरामी विदा बसेको अवधीमा सार्वजनिक विदा परेमा उक्त विदा समेत विरामी विदामा गणना गर्नुपर्ने यस मन्त्रालय (सचिवस्तर) को मिति २०८२ । ०१ । १४ को निर्णय अनुसार अनुरोध छ ।’