काठमाडौं/२२ बैशाख – विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले १० दिनका लागि समय थप गरेको हो ।
उपसमितिले एकसरो छलफल गरेर सकिसकेको अवस्थामा अब विधानत रूपमा हेर्नुपर्ने, क्रस रेफरेन्स चेक गर्नुपर्ने भएकोले उपसमितिको म्याद थपका लागि आज प्रस्ताव गरिएको थियो ।
हतार गर्दा मिसिङ हुने, छुट्ने र बिग्रने खतरा रहेको हुनाले सबै तथ्याङ्कहरूलाई अगाडी राखेर प्रतिवेदनमा अथवा उपसमितिको विषयलाई र त्यसलाई ट्यालि गरेर हेर्नुपर्ने हुँदा ८–१० दिनको समय थपिएको छ ।
उपसमितले छलफल गरेका विषयलाई सचिवालयले तयारी गरिसकेपछि फेरि उपसमितिमा पेस गर्ने र उपसमितिले एकपटक छलफल गरेर प्रतिवेदनलाई पारित गर्ने जस्ता कामहरू बाँकी रहेका छन् । छलफल गरेर पहिलो चरणको निष्कर्ष निकालिएपनि लेखनको कार्य भइरहेकोले उपसमितिले प्रतिवेदनलाई फाइनल रूपमा पारित गर्नका लागि समय थपिएको हो ।



