कक्षा १० को एसईई परीक्षा २०८२ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम खुला

काठमाडौं/१२ बैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले एसईई २०८२ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम खुला गरेको छ । नियमित अध्ययनरत विद्यार्थीले २०८२ सालको नियमित माध्यमिक शिक्षा परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न भनिएको हो ।


विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको नामथर, जन्मि मिति, आमा बाबुको नाम ठिकसँग भरे नभरेको रुजु गर्ने गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणसहित जेठ २५ गतेभित्र राजस्व शुल्कको विवरण सहित फारम सम्बन्धीत शिक्षा विकास तथा समन्वय इकाईमा बुझाई सक्नुपर्ने छ ।