शिक्षक-कर्मचारी आन्दोलनको २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम

काठमाडौं/११ बैशाख – नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सडक आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीहरूले आज रक्तदान गरेका छन् । नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समिति द्वारा आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा शिक्षक-कर्मचारीहरूले आन्दोलन स्थलमै रक्तदान गरेका हुन ।


महासङ्घले आफ्ना मागहरू सम्बोधन गरेर शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिने उदेश्यले सडक आन्दोलन गरेको आज २३ औँ दिनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आन्दोलनमा सहभागी शिक्षक कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका थिए ।


“सिर्जनात्मक मार्गमा शिक्षक-कर्मचारी आन्दोलन” भन्ने नाराका साथ सडकमै रक्तदानको कार्यक्रम आयोजना गरेको महासङ्घले यसलाई साङ्केतिक विरोधको रूपमा लिएको जनाएको छ ।